काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा जो कोही व्यक्ति, संघसस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले बुधबार (असार २६ गते) बाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
यसको न्यूनतम मूल्य २९९ रुपैयाँ तोकिएको छ ।