आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितापत्रे बोर्ड (सेबोन)मा असार १८ गते आवेदन दिएको छ ।

कम्पनीले १ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको हो ।

कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सेबोनको स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स