एसियन लाइफ इन्स्योरेन्सले १ करोड ४२ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितो बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशनको माग गरेको छ ।

यसआधारमा, प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ ।

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स