प्रभु इन्स्योरेन्सले ८३ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने, दियो बोर्डमा आवेदन

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दे नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो ।

कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गर्दै असार १९ गते सेबोनमा आवेदन दिएको हो ।

कम्पनीले १०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्काशनको माग गरेको छ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स