नबिल बैंकद्वारा दराजको ११.११ स्कीममा क्यासब्याक अफर

काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११।११ क्यासब्याक अफरमार्फत ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको छ । दराजसँगको साझेदरीमा मिती २०७८ कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले सामान खरिद गर्दा डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट पाउने भएका छन् ।

सो स्कीममार्फत ग्राहकले उक्त कार्ड प्रयोग गरेर सामान खरिद गर्दा सो छुट वा ३ हजार रुपैयाँसम्म क्यासब्याक पाउने छन् । त्यस्तै बैंकको क्रेडिट कार्ड मार्फत पनि १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स