४४ डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर बुझाउन कामपाको ताकेता (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ ।

कामपाले एक सूचना जारी गर्दै काठमाडौं क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको हो ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक( पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।

उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा महानगरले आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत बताएको छ ।

यस्तो छ सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स