नेपाल टेलिकमको मोबाइल रिचार्ज, प्याकेज खरिद सेवा सात घण्टा अवरुद्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल टेलिकमको मोबाइल रिचार्ज सेवा सात घण्टा अवरुद्द हुने भएको छ ।

कम्पनीले एक सूचना जारी गरि बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्नुपर्ने भएकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा अवरुद्द हुने जनाएको हो ।

कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ ।

उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने कम्पनीले जनाएको छ ।

ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा समेत मागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स