चालू आर्थिक वर्षको लागि सरकारी खाता भयो बन्द, अन्तिम दिन ३३ अर्ब भुक्तानी

काठमाडौं । चालू आर्थिक वर्षको लागि सरकारी खाता बन्द हुने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार आर्थिक वर्ष सकिन एक हप्ता अगावै गत राति १२ बजे देखि खाता बन्द भएको हो ।

महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द भएका हुन् ।

कानूनी रुपमै बन्द गर्ने व्यवस्था भएको कारण आजदेखि अब यो आर्थिक वर्षमा भुक्तानी हुँदैन ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार अन्तिम दिन सोमबार ३३ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ ।

जसमा चालू खर्च ९ अर्ब ८५ करोड, पुँजीगत खर्च १४ अर्ब ४० करोड र वित्तिय व्यवस्थापनमा ९ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी भएको हो ।

महालेखाको तथ्याङ्क अनुसार कुल बजेट खर्च १३ खर्ब ५६ अर्ब रुपैयाँ भएको छ । जुन बजेट सार्वजनिह हुँदाको आकारमा ७७ दशमलव ४४ प्रतिशत हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स