सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्न सक्नेछन् ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स