पश्चिम पुगेको वर्षा फेरि पूर्व फर्कियो, आज राति यी ठाउँमा पर्दैछ ठूलो पानी

काठमाडौं । मौसम विभागका अनुसार देशभर वर्षा हुँदैछ । पश्चिमा ठूलो पानी परिरहेकोमा आज राती पूर्वी भेगमा समेत ठूलो पानी पर्ने संभावना रहेको विभागले बताएको हो ।

विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स