सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाडौंबीच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का÷रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा असार २४ गतेका दिन हस्ताक्षर भएको हो ।

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदान प्रदान गरेका थिए ।

नेपाल सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको भनाई बिभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले राखेका थिए ।

सा्रग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास व्यक्त गरे ।

सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन विभाग, मर्केटिङ विभागको समेत उपस्थिती रहेको थियो भने बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुवेदी, मालपोत तथा भुमिसुधार शाखा (जग्गा प्रशासन)का निर्देशक तथा विभागका प्रवक्ता रोशन शंकर घिमिरे , योजना तथा अभिलेख शाखाका निर्देशक बेद प्रसाद अर्याल, भू सूचना प्रविधीका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स