घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स