सरकारले लिएको ऋण तिर्न एकै दिन साढे १२ अर्ब भुक्तानी

काठमाडौं । चालू आर्थिक वर्षको रकम भुक्तानी गर्ने समय सकिदै छ । आज राती १२ बजेसम्म मात्रै रकम भुक्तानी गर्नुपर्ने छ । हिजो अर्थात् आइतरबार मात्रै सरकार २४ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

त्यसमा सबै भन्दा धेरै भुक्तानी वित्तिय व्यवस्थापनमा गरेको छ । सरकारले लिएको ऋणको साँवा तथा ब्याज मिलन गर्ने शिर्षकमा भुक्तानी भएको हो ।

उक्त शिर्षकमा १२ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयले देखाएको छ ।
महालेखाका अनुसार अहिलेसम्म वित्तिय व्यवस्थापनमा २ खर्ब ४० अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

आइतबार पुँजीगत खर्चको लागि ३ खर्ब ७० करोड रुपैयँको भुक्तानी भएको छ । त्यस्तै गरि चालू खर्चको लागि ८ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको हो । कुल गरि आइतबार २४ अर्ब २७ करोड रुपैयाँ भुक्तानी भएको हो ।
अहिलेसम्म कुल बजेट खर्च १३ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स