आजबाट समता र मनाकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु हुने भएको छ ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरे पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट आज असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते यी दुई संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

त्यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असार ९ गते स्वीकृती प्रदान गरेको थियो ।

समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक बनेपा-७ मा रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर-५ मा रहेको छ ।

मर्जरपछिको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा-७ मा रहनेछ ।

डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स