५२ किसिमका रोग संक्रामकको सूचीमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ ।

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई संक्रामक रोगको सूची तयार पारेको हो ।

संक्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टंकार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पहिलो पटक संक्रामक रोगबारे सूचीकृत गरिएको बताए । उनले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स