६ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ अंक विन्दुमा आइपुगेको छ । ।

आज १ करोड ४० लाख १४ हजार कित्ता सेयर ६ अर्ब २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ५० लाख, सीईडीबी हाइड्रोपावरको १३ करोड ८७ लाख, गुडवील फाइनान्सको ११ करोड ५९ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ११ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स