२८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा, को-को परे (सूची सहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ वटा विभिन्न निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आइतबार एक सूचना प्रकाशन गरी विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयको असार २१ गतेको निर्णयअनुसार विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २८ वटा विभिन्न निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कार्यालयले ५ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ४ निर्माण कम्पनीलाई साढे २ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निर्माण कम्पनीलाई डेढ वर्ष, २ निर्माण कम्पनीलाई १३ महिना र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स