काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ७० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ९० रूपैयाँ कायम भएको छ ।