बैंकहरुले वित्तीय अनुशासन उल्लघन गरे, हस्तक्षेप गर्न बाध्य भयौंः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले वित्तीय अनुशासन उल्लघन गरेकाले त्यसलाई रोक्न हस्तक्षेप गरेको बताएका छन् ।

नेपाल बैंकर्स संघको साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुले वित्तीय अनुशासन उल्लघन गरेकाले त्यसलाई रोक्न हस्तक्षेप गरेको बताएका हुन् ।

‘वित्तीय संस्थाले तत्काल नाफा खोज्ने हैन । दीर्घकालीन प्रतिफलाई ध्यान दिनुपर्छ । बैंक भनेको मध्यस्तकर्जा हो,’ अधिकारीले भने, ‘सेवा शुल्क मार्फत् मध्यस्तकर्ताले धेरै फाइदा लिनु हुँदैन ।’

धेरै नाफा खोज्ने प्रवृत्तिका कारण बैंकिङ क्षेत्र चुनौती पूर्ण बनिरहेको उनले बताए ।

कार्तिक महिना लागि बैंकहरुले ११ प्रतिशत ब्याजदर घोषणा गरेर निक्षेप संकलन गर्न खोजेका थिए । तर राष्ट्र बैंकले उक्त रणनीतिमा हस्तक्षेप गर्दौ अघिल्लो ब्याजदरमा जम्मा १० प्रतिशत विन्दुले मात्र ब्याजदर बढाउन निर्देशन दिएको थियो ।

खुल्ला अर्थव्यवस्थामा नियमक निकायको हस्तक्षेप आवश्यक हो कि हैन भने प्रश्न खडा भइरहेको छ ।

राष्ट्र बैंक माइक्रो म्यानेजमेन्ट गर्न नचाहने उनले स्पष्ट पारे । बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्था बाट अघि बढिरहेको बताउँदै उनले कोडबीच फिल्ड सुपरिवेक्षण नहुँदा बैंकहरुले संस्थागत सुशासन उल्लंघन गरेको बताए ।

ग्राहकका आवश्यकताअनुसार माग सम्बोधन गर्दा गत आर्थिक वर्ष कर्जा विस्तार उच्च भएको उनको बुझाइ छ । बैंकहरूले यसबीचमा वित्तीय सुशासन उलंघन गरेको, कोभिड पछि ६ महिनासम्म कर्जा तिर्ने समय थप गर्दा कर्जा रिकभरी नभएको, कर्जाको विस्तार अत्यधिक भएको कारण तरलतको ठुलो समस्या भएको बताउँदै उनले अहिले संयमित भएर कर्जा विस्तार र आर्थिक वृद्धिमा सहयोग पुग्ने क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरूलाई निर्देशन दिए ।

बैंकहरुले कमभन्दा कम मध्यस्तता शुल्कमा काम गरेर प्रतिस्पर्धाबाट नै मूल्य तय गर्नुपर्ने त्यसको लाभ समग्र वित्तीय क्षेत्रले प्राप्त गर्नुपर्ने उनले बताए ।

‘अस्वस्थ प्रतिस्पर्धा नहोस्, प्रतिकुल समयमा उच्च नाफा खोज्ने काम नहोस्, नियामकीय निर्देशनमा छिद्र खोज्ने काम पनि नहोस्,’ गभर्नरले भने, ‘समग्र आर्थिक क्षेत्र चुनौतिबाट गुज्रिएको छ। वित्तीय क्षेत्रमा समस्या भइरहेकै छ । बैकिङ क्षेत्रमा महामारीमा सुपरभिजन नहुँदा सुशासनमा कमि देखिएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स