नेप्सेमा दुई कम्पनीको करिब ४८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको करिब ४८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यो साता सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडको गरि कुल ४७ लाख ८७ हजार ५६६.३७४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा असार १६ गते आइतबार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १०.२६ प्रतिशतले हुन आउने कुल ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, असार १७ गते सोमबार सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १३ प्रतिशतले हुन आउने कुल १ लाख २३ हजार ८०९.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स