धानको समर्थन मूल्य तोकियो, किसानलाई राहत हुने गरि न्यूनतम मूल्य निर्धारण

काठमाडौं । आगामी आर्थिक वर्षको लागि धानको समर्थन मूल्य तोकिएको छ । मन्त्रीपरिषद्को बैठकले चालू आर्थिक वर्षको भन्दा न्यूनतम मल्य सुधार गरेको छ ।

मन्त्रीपरिषद्ले स्विकृत गरेको समर्थन मूल्य अनुसार मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै मध्यम धानको प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थमूलय तोकिएको हो ।

यो चालू आर्थिक वर्षको भन्दा बढि मूल्य हो । चालू आर्थिक वर्षमा मोटा धानको ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको ३ हजार ३ सय ६२ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स