विश्वासको मत लिन अहिल्यै पत्र पठाउनु के प्रचण्डको पुन: सत्ता बार्गेनिङ हो ?

काठमाडौं । सत्ता गठनबन्धन भत्किने तरखरमा छ । नयाँ सरकार बन्ने निश्चित जस्तै छ । तर, कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने विषय टुंगिएको छैन ।

अहिले नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तर, प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले सरकार छोडिसकेको छ । विश्वासको मत समेत फिर्ता लिइसकेको जनाएको छ । जसकारण अहिलेको सरकार अल्पमतमा रहेको छ ।

उता नयाँ गठनबन्धको तयारी भैसकेको छ । प्रतिनिधि सभाको प्रमुख दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले नयाँ सरकार बनाउने सम्बन्धमा सहमति नै गरिसकेका छन् । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ । मुख्य मन्त्रालयको समेत भागबण्डा भैसकको छ ।

तर, त्यसको लागि प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेर बाटो खुल्ला गर्नुपर्ने हुन्छ । प्रचण्डले भने राजीनामा नदिने बताएको छन् । राजीनामा नदिने बताउँदै आएको प्रधानमन्त्रीले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका छन् ।

प्रधानमन्त्रीले राजीनामा नदिएको खण्डमा विश्वासको मत लिनुपर्ने हुन्छ । यदि विश्वासको मत उनले फेस गरेर सरकार अल्पमतकै आधारमा भत्कियो भने ओली प्रधानमन्त्री हुन नसक्ने कानूनविद्हरुको भनाई छ ।

त्यसपछि ठूलो दलले सरकारको लागि प्रस्ताव राष्ट्रपतिसमक्ष लानुपर्ने कानूनविद्हरुले बताउँदै आएका छन् ।

कांग्रेस एमालेको समझदारी अनुसार माओवादीलाई सत्ता बाहिर राख्ने भन्ने छ । तर, माओवादीका अध्यक्ष समेत रहेको प्रचण्ड भने सरकार बाहिर बसे पार्टी निकै कमजोर बन्ने आंकलन गर्छन् । करिब १ दशक देखि सधैं सत्तामा रहेको माओवादी नयाँ सरकार बने पनि सत्तामा चाहि रहन चाहन्छ ।

जसको बार्गेनिकङको प्वाइन्ट अहिले प्रधानमन्त्रीको राजीनामालाई बनाइएको देखिएको छ ।
१ महिना भित्र विश्वासको मत लिए हुने व्यवस्था छ । तर, उनले राजीनामा दिन हतार नगरि बरु हतारमा विश्वासको मतको लागि पत्र पठाएका छन् । जुन पत्र पठाएकै आधारमा एमाले र कांग्रेस माओवादीसँग समेत मिल्न आओस् भन्ने चाहना प्रचण्ड राख्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स