आँखुखोला जलविद्युतको हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले १ः१.५ अनुपातमा हकप्रद निष्काशन गर्नका लागि बुक क्लोज गर्ने मिति तय गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि आगामी साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

तसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोकार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्नेछ । कम्पनीले गत असार १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो ।

कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेकोमा यसअघि विद्युत नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको थियो।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स