प्रभु बैंकको ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स