प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको दुई जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ६० हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स