क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सद्वारा ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

लघु बीमाको लक्षित वर्ग नेपाल राज्यका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारका लागि असार २० गते कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो ।

आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्ष सम्म रहेको, बीमा अवधि न्यूनतम ५ वर्ष देखि २० वर्षसम्मको रहेको र बीमांक रकम न्यूनतम १० हजारबाट नै बीमालेख लिन सकिने प्रावधान रहेको छ ।

न्यून बीमाशुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजना दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम् भुमिका खेल्ने कम्पनीले जनाएको छ ।

बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने, अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने,आश्रीत परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेका कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स