सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. (काठमाडौं, कमलादी) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेयर एण्ड शान्ति ब्यूटी पार्लर अन्तर्गत देशभर रहेका तेह्र हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरुमा बैंक कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सकिने छ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स