नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीइओ उपाध्याय निर्विरोध

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

एनबीएको आज (मंगलबार) भएको साधारणसभाले उनलाई अध्यक्ष पदमा औपचारिक रुपमा अनुमोदन गरेको हो ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालको लागि उपाध्याय निर्विरोध निर्वाचिन भएका हुन् । एनबीएको अध्यक्षका लागि उपाध्यायको मात्र उम्मेदवारी परेको थियो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय हालको एनबीए कार्यसमितिका उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा एनएमबि बैंकका केसी

संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको चर्चा आएको छ । प्रभु बैंकका अशोक शेरचनले पनि केही समयअघि उपाध्यक्षको आकांक्षा राखेका थिए ।

बैंकहरुबीच केसीलाई उपाध्यक्ष बनाउने मोटामोटी सहमति भएको बताएको छ । यद्यपि साधारणसभाबाटै उपाध्यक्षको पनि सर्वसम्मत निर्णय हुने संघले जानकारी दिएको छ ।

को को बन्दैछन् एनबीएमा नयाँ सदस्य

त्यस्तै कार्यसमिति सदस्यमा एनआईसी एसिया बैंकका रोशन न्यौपाने र लक्ष्मी बैंकका अजयबिक्रम शाह चयन भएका छन् ।
सदस्यका रुपमा रहेका नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्यालको २ वर्षे कार्यकाल पुरा भइसकेको र सनराइज बैंकको सीईओ पदबाट जनक शर्माले राजिनामा दिएकाले रिक्त दुई पदमा न्यौपाने र शाह आएका चयन भएका हुन् ।

को को छन् अन्य सदस्य ?

हाल एनबीएको सदस्यमा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार डे, नेपाल बैंकका प्रमृुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् ।

त्यसरी नै सल्लाहकारमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकसम्शेर राणा र निवर्तमान अध्यक्ष तथा नेपाल बंगलादेशका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स