साढे ६ अर्ब माथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ अंक विन्दुमा आइपुगेको छ । ।

आज २ करोड २१ लाख ६७ हजार कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १७ करोड ६४ लाख, महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड ४१ लाख, मन्जुश्री फाइनान्सको १४ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स