७९.७९ अंकले घट्यो नेप्से, सबै उपसमूह राता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा आएको छ । सेन्सेटिभ इन्डेक्स १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा झरेको छ ।

आज २२५ कम्पनीका सेयर १ लाख ६६६ पटक करोबार भएको छ । १ करोड १९ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूह घटेर राता भएका छन् । सबैभन्दा धेरै नन् लाइफइन्स्योरेन्स उपसमूह ४६४.४९ अंकले घटेको छ ।

मानुषी लघुवित्त, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स