काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
समायोजित मूल्यअनुसार आयो नून १ किलो प्याकेटको २३ रुपैयाँबाट बढेर अब २६ रुपैयाँ पुगेको छ । यस्तै, न्यू शक्ति नून १ किलोको १७ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै, भानू नून १ किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ ।