सरकार परिवर्तन हुन केहि दिन लाग्ने, यसरी हुँदैछ नयाँ समीकरणमा मन्त्रालय बाँडफाँट

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भई नयाँ सरकार बन्ने भएको छ । प्रतिनीधि सभाको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने समझदाी नै भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ । यससँगै प्रदेश सरकारको मुख्य मन्त्री समेत भागवण्डा भएको छ ।
प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिने हसमति भएको हो ।

राष्ट्रिय सहमतिको सरकारको लागि प्रयास गर्ने र त्यो सम्भव नभएमा संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन सरकार बनाउने विषयमा सहमति भएको हो ।

यसरी सहमति भएपनि नयाँ सरकार निर्माण हुन चाहि केहि समय लाग्ने भएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीको भेटघाट र लामो कुराकानी समेत भएको थियो । त्यसभेटमा बाटो प्रशस्त गर्न को लागि ओीले आग्रह गरिसकको बताइएको छ । उनले सोझै राजिनामा गर्न भनेका थिए ।
तर प्रचण्डलाई भने दुई विकल्प रहेको छ ।

संसदमा विश्वास मत लिनुपर्यो वा राजिनामा दिनुपर्ने हुन्छ ।
उनले विश्वासको मत लिने हो भने केहि समय पाउने छन् । यो कुरा बुझेका केपी शर्मा ओलीले सोमबार यो वर्ष भित्र प्रधानमन्त्री नबन्ने बताए । यसो भन्नुको अर्थ नयाँ सरकार बन्न समय लाग्ने र यो आर्थिक वर्ष सकिउपछि मात्रै आफू प्रधानमन्त्री बन्न सक्ने संकेत ओलीले गरेका हुन ्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स