यस्तो छ आज विदेशी मुद्राहरूको भाउ

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राहरुको विनियमदर बढेको छ ।
आज अमेरिकी डलर, युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । विगत तीनदिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो ।

विगत तीन दिन अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो।

आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९४ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स