काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द भएपछि अध्यक्षको उम्मेदवार सन्तोषनारायण श्रेष्ठ अदालत पुगेका छन् । प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको थियो ।
उक्त समितिले गरेको आवेदन माग अनुसार १९ जनाले आवेदन दिएका थिए । समितिले ५ जनाको संक्षिप्त सूचि चैत अन्तितममा प्रकाशित गरेको थियो ।
तर ५ जनालाई अन्तरवार्तामा बोलाईए पनि सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै उपस्थिति भएका थिए ।
दुई पटकसम्म ३ जना अन्तरवार्ता तथा कार्ययोजनाको प्रस्तुतीकरणको लागि आएनन् । त्यसपछि समितिले महान्यायाधिवक्ताको कार्यालयको राय माग गरेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले ३ जना भन्दा कमको नाम सिफारिस गर्न नमिल्ने राय प्रदान गर्यो । त्यसपछि समितिले प्रक्रिया नै रद्द गरेको थियो । त्यस विरुद्ध श्रेष्ठ अदालत पुगेका छन् ।