काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।