नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता फेरबदल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा फेरबदल गरेकोे छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाउने निर्णय गरेको हो ।

नयाँ संसदीय दलको नेतामा पार्टीको प्रमुख सचेतक गंगाराम डगौरा चौधरीलाई चयन गरिएको पनि बैठकको निर्णयमार्फत जानकारी गराइएको छ । उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै उक्त बैठकले प्रमुख सचेतकमा लालविर चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बर्दिया–२ बाट निर्वाचित सांसद लालविर नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका बुवा हुन् ।

बैठकको निर्णयमा बहुमत सांसदहरुको हस्ताक्षर भए पनि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर छैन । उक्त निर्णयमा गंगाराम, लालविर र अरुणकुमार चौधरीको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स