अण्डाको मूल्य हालसम्मकै उच्च, किसानलाई राहत, उपभोक्ता मारमा

काठमाडौं । बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । आजबाट अण्डाको मूल्य क्रेटमा २० रुपैयाँ बढेको हो । अण्डाको भाउ एकसातामा यसरी बढ्दा किसानलाई राहत भएको छ भने उपभोक्ता भने मारमा परेका छन् ।

नेपाल अण्डा उत्पादक संघका अनुसार आजदेखि ठूलो अण्डा प्रति क्रेटको भाउ बढेर ४९५ रुपैयाँ पुगेको छ भने एक्सएल अण्डाको भाउ ५१० रुपैयाँ पुगेको छ । मिडियम अण्डाको भाउ पनि बढेर ४६५ रुपैयाँ पुगेकोछ ।

हाल नेपालमा ५० लाख लेयर्स कुखुराबाट २५ लाख अण्डा उत्पादन भइरहेको छ । केहि दिन अघिसम्म करिब ३० लाख अण्डा उत्पादन भइरहेको थियो । उत्पादन घट्दा बजार भाउ बढेको हो ।

बजारमा अण्डाको माग बढ्दै जाँदा सोही अनुसारको उत्पादन हुन नसक्दा भाउ बढेको संघले बताएको छ ।

मूल्य बढेपछि भने किसानले लागत अनुसारको मूल्य पाउन थालेका हुन् । गत सातासम्म किसानलाई प्रतिक्रेटमा १५ रुपैयाँ घाटा थियो । अण्डाको भाउ बढ्दा उपभोक्ता मारमा परेपनि किसानलाई भने राहत भएको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स