आज ४ प्रदेशमा भारी वर्षा हुने, अन्य कस्तो रहँला मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यतिबेला (सोमबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर मौसम साधारणदेखि पूर्णतया बदली रहने छ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा आज राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स