काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रशासकीय प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक नवराज अधिकारीलाई दिइएको छ ।
नरेन्द्रकुमार रानालाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । अब प्रशासकीय प्रमुखको रुपमा भने अधिकारीले काम गर्ने छन् ।
राना अहिले अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुखको रुपमा कार्यरत छन् । कामको चाप गरेकोले जिम्मेवारी बाँडेका हुन् । सिनियरको हिसाबमा अधिकारीलाई प्रशासकीय जिम्मेवारी दिएको हो ।