बैंकर्स संघमा सरकारी बैंकबाट प्रतिनिधित्व गर्ने उपाध्याय पहिलो अध्यक्ष

काठमाडौं । कृषि विकास बैंकबाट ३० वर्षे कार्यकाल सकेर २ वर्षपछि सोही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका अनिल कुमार उपाध्याय आजदेखि विधिवत रुपमा वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष बन्ने भएका छन् । उनी २ वर्षका लागि आज देखि औपचारिक रुपमा संघको अध्यक्ष बन्न लागेका हुन् । उनी अहिले संघको उपाध्यक्ष हुन् ।

रौतहटमा जन्मिएका उपाध्याय सरकारी स्वामित्वको बैंकबाट प्रतिनिधित्व गर्ने संघको पहिलो अध्यक्ष पनि हुन् । यस अघि निजी बैंकका सीईओहरूले मात्रै उक्त संस्थाको नेतृत्व गर्दै आएका थिए ।

सरकारी स्वामित्व रहेको बैंकबाट प्रतिनिधित्व गर्ने उपाध्यायले ३० वर्ष कृषि विकास बैंकमा काम गरेर अवकासपछि सीईओमा नियुक्त भएका हुन् । उनलाई केपी ओली सरकारले २०७५ पुस १० गते बैंकको प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । उपाध्याय खुला प्रतियोगिताबाट नियुक्त भएका हुन् ।

बैंकबाट उपमहाप्रबन्धक पदबाट अवकास पाएका उपाध्यायले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका छन् । उनले २०४३ सालमा लेखा अधिकृतबाट बैंकिङ करियर सुरु गरेका हुन् ।

सरकारी बैंकमा बसेर लामो समयसम्म सेवा गरेपनि उनले व्यवसाय विस्तार गरेर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने बैंकका रुपमा कृषि विकास बैंकलाई स्थापित गरेका छन् ।

विषयगत विज्ञताका वित्तीय क्षेत्रका जानकार उपाध्याय आफैमा एक सालिन व्यक्तित्व हुन् । उनी सीईओको रुपमा प्रवेश गरेपछि बैंकले थप उचाइ प्राप्त गरको छ । बैंकले लगानीकर्तालाई वितरण गर्ने लाभांशमा वर्षैपिच्छे बढ्दै गएको छ ।
उनको प्रवेशपछि बैंकले डिजिटलाइजेशनमा फड्को नै मारेको छ ।

मोबाइल बैकिङदेखि डिजिटलमाध्यमका हरेर भर्सनबाट बैंकले आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ भने किसान क्रेडिट कार्डको पनि सुविधा दिएको छ । बैंकले व्यावसायिक कृषि गर्नेलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ ।

कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन गर्न कृषि ऋणपत्र जारी गर्नेदेखि किसान क्रेडिट कार्डसम्मको व्यवस्था गर्ने नेतृत्व कृषि विकास बैंकले पाएको छ ।

बैंकलाई १२ अर्ब रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता इकाई बण्ड जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स