२७ वाणिज्य बैंकसँग करिब ५४ खर्बको सम्पत्ति, एनआइसी एशिया पहिलो, कुनसँग कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको सम्पत्तिमा उल्लेखनिय वृद्धि भएको छ । नेपाल बैंकर्स संघको विवरण अनुसार एक वर्षमा वाणिज्य बैंकहरुको सम्पत्ति ९ खर्ब ५३ अर्ब ६० करोड १८ लाख रुपैयाँले वृद्धि भएको छ ।

२०७७ असोजसम्म वाणिज्य बैंकहरुको कुल सम्पत्ति ४४ खर्ब ३८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ थियो । २०७८ असोज आइपुग्दा उक्त सम्पत्ति बढेर ५३ खर्ब ९२ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

सम्पत्तिका आधारमा एनआइसी एशिया शीर्ष स्थानमा रहेको छ । बैंकसँग ३ खर्ब ७४ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । २०७७ असोजमा बैंकसँग २ खर्ब ८३ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो । एक वर्षमा बैंकको सम्पत्ति ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँले बढेको छ ।

सम्पत्तिको आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । बैंकसँग ३ खर्ब ४६ अर्ब ३ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । एक वर्षमा बैंकको सम्पत्ति ६० अर्ब ३४ करोड ५३ लाख रुपैयाँले बढेको छ । २०७७ असोजमा बैंकसँग २ खर्ब ८५ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो ।

३ खर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको सम्पत्ति सहित नबिल बैंक तेस्रो स्थानमा छ । एक वर्षको अवधिमा बैंकको सम्पत्ति ५२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँले बढोत्तरी भएको छ । गत वर्षको असोजमा बैंकसँग २ खर्ब ४८ अर्ब १७ करोड ४६ लाख रुपैयाँ थियो ।

सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको सम्पत्ति २ खर्ब माथिको छ ।

बाँकी अन्य वाणिज्य बैंकको सम्पत्ति १ खर्बभन्दा माथि नै छ ।

यस्तो छ वाणिज्य बैंकहरुको सम्पत्ति

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स