यी हुन् राजस्व संकलन गर्ने प्रमुख १० भन्सार कार्यालय

काठमाडौं । १० भन्सार कार्यलयबाट मात्रै १३ खर्ब ९२ अर्ब ९२ करोड ७२ लाख ३३ हजार रुपैयाँको वस्तु आयात भएको हो ।साउनदेखि जेठ अन्त्यसम्म सबै भन्दा बढि ३४.२७ प्रतिशत वस्तु तथा सेवा आयात विरगञ्ज भन्सार कार्यालयबाट भएको छ । विरगञ्ज भन्सार कार्यालयबाट ४ खर्ब ९६ अर्ब ८६ करोड ६८ लाख रुपैयाँको वस्तु आयात भएको हो ।

त्यसैगरी बढि वस्तु आयात गर्ने दोस्रो नम्बरमा भैरहवा भन्सार कार्यालय परेको छ । भैरहवा भन्सार कार्यलयबाट जेठ मसान्तसम्मा २ खर्ब २१ अर्ब ६ करोड १४ लाख बराबारको वस्तु आयात भएको देखिन्छ ।
भन्सार विभागले दिएको जानकारी आनुसार ड्राइर्पोट भन्सार विरगंज कार्यलयबाट १२.९७ प्रतिशत वस्तु आयात भएको छ भने उक्त भन्सार कार्यलयबाट ३.२६ प्रतिशत वस्तु नियात भएको देखिन्छ ।
बिराटनगर भन्सार कार्यालयबाट १०.५३ प्रतिशत वस्तु आयात भएको हो । भने उक्त कार्यालयबाट २८ अर्ब २३ करोड ४७ लाख रुपैयाँको वस्तु निर्यात भएको हो ।

त्यसैगरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जेठ अन्त्यसम्मा ९.०१ प्रतिशत वस्तु आयात भएको छ ।
त्रिभुवन विमानस्थलबाट १ खर्ब ३१ अर्ब ३ करोड ३८ लाख ५२ हजार रुपैयाँको वस्तुको आयात भएको छ ।
यता नेपालगञ्ज भन्सार कार्यालयबाट ६४ अर्ब ४५ करोड ५३ लाख ८४ हजार रुपैयाँको वस्तु आयात भएको छ भने उक्त कार्यालयबाट १.५८ प्रतिशत मात्रै वस्तु निर्यात भएको हो ।

साउनदेखि जेठ अन्त्यसम्मा रसुवा भन्सार कार्यालयबाट ५५ अर्ब ४५ करोड ४४ लाख, मेची भन्सार कार्यालयबाट ४० अर्ब ६९ करोड ९३ लाख, तातोपानी भन्सार कार्यलयबाट ३७ अर्ब १६ करोड ८२ लाख र
कैलाली भन्सार कार्यालयबाट २१ अर्ब ३७ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स