आइएमई लाइफ इन्स्योरेन्सले गर्यो जेठ महिनासम्म ३ अर्ब ७५ करोडको व्यवसाय

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले जेठ महिनासम्म ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म प्रथम र नवीकरण बीमा गरेर २ लाख १६ हजार ४९४ पोलिसी जारी गरेर यस्तो व्यवसाय गरेको हो ।

कम्पनीको साउनदेखि जेठ महिनासम्म सबै भन्दा बढि व्यापार पुष महिनामा भएको देखिन्छ भने कम व्यवसाय कार्तिक महिनामा भएको छ । कम्पनीको पुष महिनामा ११०.५३ प्रतिशत व्यापार भएको थियो ।
कम्पनीको बीमा व्यवसाय वैशाख महिनाको तुलनामा जेठमा १०.४८ प्रतिशतले बढि हो । वैशाखमा कम्पनीले २२.६२ प्रतिशत व्यवसाय गरेको थियो ।

चैत महिनामा कम्पनीले प्रथम बीमा १५ करोड ४४ लाख रुपैयाँ संकलन गरेको थियो भने नवीकरण बीमाम ३१ करोड १ लाख गरी कुल ४६ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । फागुन महिनाको तुलनामा कम्पनीको व्यवसाय ४३.१२ प्रतिशले बढेको थियो ।

फागुन महिनामा कम्पनीको व्यवसाय १७.४७ प्रतिशत थियो । त्यसैगरी माघमा पनि कम्पनीको व्यवसाय ४४.११ प्रतिशत रहेको थियो । पुष महिनामा ७० करोड ३९ लाख रुपैयाँको व्यवसाय गरेको कम्पनीले माघमा भने सोचे जस्तो व्यवसाय गरेन ।

मंसिर महिनामा कम्पनीले १० हजार ५७५ पोलिसी जारी गरेर ३३ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कार्तिक महिनाको तुलनामा कम्पनीेको व्यवसाय ६४.४९ प्रतिशतले वृद्धि भएको थियो ।

कार्तिक महिनामा कम्पनीको बीमा व्यवसाय ३९.७० प्रतिशत भएको थियो । असोज महिनाको तुलनामा कम्पनीको व्यवसाय कम भएको हो । असोज महिनामा ४२.१२ प्रतिशत व्यापार गरेको थियो ।

त्यसैगरी कम्पनीले १२ हजार ८३८ पोलिसी जारी गरेर २३ करोड ७१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो भने साउन महिनामा ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स