काठमाडौं ।अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतसम्म सञ्चित नोक्सानी रहेका बैंकले सत प्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै सत प्रतिशत ऋण्ण पत्र जारी गर्न प्राथमिक पुँजीको सञ्चित नोक्सानी हुन नहुने व्यवस्थालाई ५ प्रतिशत कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्नु बताएको छ । त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक शर्त तोकी \
डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्ने बताएको छ ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्नेसमेत जनाएको छ ।