बोर्डले दियो रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनका लागि स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनका लागि स्वीकृत प्रदान गरेको छ।

बोर्डले सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्काशनका लागि स्वीकृत प्रदान गरेको हो।

कम्पनीको सेयरको मूल्य प्रति कित्ता ८२०.८० रुपैयाँ प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको सेयर स्वीकृत भएका हुन्। जसमा लगानीकर्ताले प्रति कित्ता मूल्य ८२०.८० रुपैयाँको दरले आवेदन दिनु पर्नेछ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको सेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई कम्पनीको सेयर प्रति कित्ता ८२०.८० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स