यी कम्पनीको सेयरमा लगानीकर्ता झुमिए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.२० अंकले घटेर २८२९.६४ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा पुगेको छ ।

सोमबार २३० कम्पनीका सेयर ४९ हजार ५३० पटक करोबार भएको छ । ७२ लाख ७ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज महाँलक्ष्मी विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । ६ लाख ७८ हजार ६२५ कित्ता सेयर कारोबार भई विकास बैंक पहिलो स्थानमा रहेको छ । उक्त बैंकको सेयर मूल्य ९.८४ प्रतिशतले बढ्दा प्रति सेयर मूल्य ८८२ रुपैयामा कारोबार भएको छ ।

नेशनल हाइड्रेपावर कम्पनीको सेयर मूल्य ४.०३ प्रतिशतले बढेर प्रति सेयर मूल्य ४३९ रुपैयामा कारोबार भएको छ । उक्त कम्पनीको ३ लाख ४९ हजार १८९ कित्ता सेयर कारोबार भई दाश्रो स्थान रहको छ ।

यूनाईटड मोदी हाइड्रेपावर कम्पनीको सेयर मूल्यमा ३.६१ प्रतिशतले गिरावट हुदाँ पनि २ लाख ८८ हजार ३३० कित्ता सेयर कारोबार भएर तेश्रो स्थानमा रहन सफल भएको छ ।

त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा ६.५९ प्रतिशतले बृद्धि भई २ लाख ५३ हजार ५५१ कित्ता सेयर कारोबार भएको छ । उक्त बैंकको सेयर ३७२ रुपैयाँमा कारोबार हुदाँ चौंथो स्थानमा रहेको छ ।

अपी पावर कम्पनीको प्रति कित्ता सेयर मूल्य ५३४ रुपैयामा खरिदबिक्री भएको छ । जम्मा २ लाख ४५ हजार ४५६ कित्ता सेयर कारोबार भई पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स