जीवन बीमा कम्पनीले ११ महिना संकलन गरे १ खर्ब ३३ अर्ब, सबैभन्दा बढि कमाउनेमा नेपाल लाइफ

काठमाडौं । १४ ओटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेका छन् ।

जीवन बीमाकम्पनीले चालु आवको (साउनदेखि जेठ) अन्त्यसम्मा प्रथम बीमा र नवीकरण बीमा व्यवसायमा १ करोड ४० लाख १२ हजार ३०२ बीमालेख जारी गरेका हुन् ।

बीमा कम्पनीहरूले जेठ अन्त्यसम्मा प्रथम बीमा शुल्क २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेका छन् ।

त्यस्तैगरि अवधिमा नवीकरण बीमा १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको सार्वजनि भएको तथ्यांकमा उल्लेख छ ।

जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै प्रथम बीमा र नवीकरण बीमा ४ लाख ३० हजार ६९९ पोलिसी जारी गरेर ८ अर्ब ९३ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्मा सबै भन्दा बढि बीमा व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको देखिन्छ भने सोहि अवधिमा कम व्यवसाय सन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा र नवीकरण बीमा १३ लाख ९८ हजार ९१२ पोलिसी जारी गरेर ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्सले प्रथम र नवीकरण बीमाम १६ लाख ४ हजार ९९५ पोलिसी जारी गरेर १५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

बीमा व्यवसाय गर्ने तेस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ८४ हजार २४ पोलीसि जारी गरेर १५ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ प्रिमियर संकलन गरेको छ ।

त्यसैगरी बढि बीमा व्यवसाय गर्ने हिमालयन लाइफ इन्स्योरेन्सले जेठ मसान्तसम्मा ३ लाख ९३ हजार ५७९ पोलिसी जारी गरेर प्रथम बीमा २ अर्ब ४ करोड २३ लाख, नवीकरण बीमा १२ अर्ब ५९ करोड ७७ लाख गरी कुल १४ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

साउनदेखि जेठ मसान्तसम्मा बीमा व्यवसाय गर्ने राष्ट्रिय जीवन बीमा कम्पनीले प्रथम बीमा र नवीकरण बीमा ५ लाख ६६ हजार ०४८ पोलिसी जारी गरेर ५ अर्ब ९५ करोड ६४ लाख, मेट लाइफले ५ अर्ब ८ करोड ४१ लाख, एशियन लाइफ इन्स्योरेन्सले ७ अर्ब २ करोड ६२ लाख, आइएमई लाइफले ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ३९ करोड २१ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६९ करोड ४१ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले ५ अर्ब २९ करोड १२ लाख, सुर्यज्योती लाइफ इन्सायेरेन्सले ८ अर्ब ६८ लाख, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड ७७ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स