नेप्से ५ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ३५ हजार कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आइएमई बैंक डिबेन्चरको १०% र मकर जितुमायाको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

न्यादी हाइड्रोपावरको ८.६५%, उप्पर सोलु हाइड्रो इलेक्ट्रिकको ७.५७%, चिरख्वा हाइड्रोपावरको ६.६८%, सिक्लेस हाइड्रोपावरको ६.६७%, हाथ्वे इन्भेष्टमेन्टको ६.६४%, भूगोल इनर्जीको ६.४८%, इन्फिनीटी लघुवित्तको ६.३३%, इष्टर्न हाइड्रोपावरको ६.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स