सेयर ब्रोकर कार्यालयमा श्रमशोषण, कर्मचारीले १० हजार पनि तलब पाउँदैनन्

काठमाडौं । धितोपत्र दलाल (ब्रोकर) कार्यालयमा श्रमिकहरु माथि श्रमशोषण हुने पाइएको छ । अधिकतम ब्रोकर कार्यालयहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिइ कर्मचारी माथि श्रमशोषण गर्ने गरेको गुनासो बढ्न थालेको छ ।

सरकारले कुनै पनि संघसंस्थामा कार्यरत कर्मचारीका लागि न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक दिनु पर्ने व्यवस्था गरेको छ । तर ब्रोकर कार्यालयहरुले सरकारले तोकेको न्यूनत पारिश्रमिक भन्दा कम तलब तथा सेवा सुविधा दिएर श्रमशोषण गरिरहेका छन् ।

ब्रोकरहरुको नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबन)ले प्रभावकारी ढंगले अनुगमन गर्न नसक्दा पनि ब्रोकर कार्यालयमा श्रमशोषण हुने गरेको सेबनकै अधिकारीहरु बताउँछन् ।

सेबनका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले ब्रोकर कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब तथा सेवा सुविधाको विवरण नियमक निकायमा पेश गर्न निर्देशन दिएका थिए । ब्रोकरहरुले उक्त निर्देशन पछि कर्मचारीहरुलाई सरकारले तोकेको न्यूनत पारिश्रमिको व्यवस्था मिलाएका थिए ।

डा. कार्कीको कार्यकाल समाप्त भइसकेपछि त्यस विषयमा नयाँ नेतृत्वले चासो नराखेले ब्रोकर कार्यालयमा श्रमशोषण मौलाएको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारी हाम्रोअर्थसँग बताए ।

‘अहिले ब्रोकर कार्यालयमा काम गर्ने कर्मचारीहरु सरकारले तोकेको न्यूनत पारिश्रमिक नपाउने गरेको गुनासो लिएर नियमक निकाय धाउने गरेका छन् । तर, सेबन नेतृत्व विहिन हुँदा कर्मचारीको गुनासो सम्बोधन हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘नियमक निकाय कमजोर भएको मौकाको फाइदा उठाउँदै ब्रोकरहरुले कर्मचारी माथि श्रमशोषण गरिरहेका छन् ।’

ब्रोकर कार्यालयमा काम गर्न आउने नयाँ कर्मचारीहरुलाई मासिक १० हजार रुपैयाँभन्दा धेरै पारिश्रमिक दिने गरेको गुनासो आफ्नो आएको ती अधिकारी बताउँछन् ।

कोभिड–१९ को प्रकोप बढेसँगै अन्य लगानीका क्षेत्र साँघुरिएसँगै सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । लगानीकर्ता बढेसँगै कारोबार रकम वृद्धि भइरहेको छ । करोबार रकम जति धेरै हुन्छ ब्रोकरको आम्दानी पनि सोही अनुपातमा बढ्दै जान्छ । पछिल्लो समय कारोबार रकम दैनिक अर्ब रुपैयाँ माथि हुने गरेको छ ।

ब्रोकरहको आम्दानी बढ्दा पनि आय स्रोत बढाउन उल्लेखनिय योग्दान गर्ने कर्मचारीलाई भने न्युन ज्यालामा काम लगाउने गरेका छन् ।

स्टक ब्रोकर एशोसियनको अध्यक्ष सन्तोष मैनालीका अनुसार कर्मचारीहरुले न्यूनतम तलब तथा सेवा सुविधा नपाएको भनेर एशोसियनमा गुनासो आएको छैन ।

‘मेरो कार्यालयमा न्यूनतम तलब सम्बिनी समस्या छैन । केही साथीहरुको कार्यालयमा त्यस्तो समस्या हुन सक्छ,’ मैनालीले भने, ‘त्यस सम्बिन्धी गुनासो एशोसिएसनमा परेको छैन । एशोसिएसनमा गुनासो नगरी कर्मचारीहरुले नियमक निकायमा सिधै गरेको हुनुपर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स