जाल्पा र किसान लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

यी दुवै कम्पनी एकापसमा गाभिएर आगामी असार २७ गतेबाट एकीकृत वित्तीय कारोबार गर्न लागेकोले कारोबार रोक्का भएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” को दफा ९ मा भएको व्यवस्था बमोजिम हुने गरी संस्थाको सेयर कारोबार रोक्का राख्ने व्यवस्था मिलाउन पनि कम्पनीले भनेको छ ।

यी दुवै संस्थाले असार २७ गतेबाट ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

राष्ट्र बैंकले यी दुई कम्पनीलाई जेठ २९ गते एकीकृत कारोबार सुरु गर्ने गरी अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै संस्थाबीच मर्जर कार्यका लागि २०८० चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुवै संस्थाको गत २०८० चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो ।

हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । यी दुई संस्थाबीच २०८० साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।

जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स